जनमुक्ति सेनासँग संयुक्त अभ्यासका लागि नेपाली सेनाको टोली चीन प्रस्थान

जनमुक्ति सेनासँग संयुक्त अभ्यासका लागि नेपाली सेनाको टोली चीन प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेना र चीनको जनमुक्ति सेनाका फौजबीच सञ्चालन हुँदै आइरहेको अभ्यास ‘सगरमाथा फ्रेन्डशिप’मा सहभागी हुन नेपाली सेनाको टोली शुक्रबार चीन प्रस्थान गरेको छ ।

असोज ५ गतेदेखि असोज १५ गतेसम्म चीनको चोङकिङमा सञ्चालन हुने अभ्यासमा विपद् व्यवस्थापन संयुक्त राष्ट्र संघीय शान्ति मिसन प्रतिआतंकवाद लगायतका विषयहरूमा ज्ञान आदानप्रदान हुनेछ ।

विक्रम संवत् २०७४ सालबाट सुरु भएको अभ्यासको यो चौथो संस्करण हो । नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालो सञ्चालन हुँदै आइरहेको अभ्यास कोभिड–१९ को महामारीपश्चात् केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको छ ।

नेपाली सेनाले विपद् व्यवस्थापन मानवीय सहयोग संयुक्त राष्ट्र संघीय शान्ति मिसन लगायतका विषयहरूमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं विभिन्न प्रकारका पेशागत प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेको छ ।