काठमाण्डु – ललितपुरमा बाढीमा फसेका ९ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो ।
ललितपुरको मख्खुबेंसी क्षेत्रबाट हेलिकोप्टरमार्फत ५ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । उद्धार गरी उनीहरूलाई काठमाण्डु ल्याइएको छ ।
ललितपुर महानगरपालिका–१४ कान्तिपुर कोलोनीमा डुबानमा फसेका २ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
ललितपुरकै कुसुन्ती चोकमा डुबानमा फसेका २ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको सेनाले जनाएको छ ।




प्रतिक्रिया