सेनाको फोटो तथा बृहत् प्रदर्शनी २०८१ सम्पन्न (फोटोफिचर)

सेनाको फोटो तथा बृहत् प्रदर्शनी २०८१ सम्पन्न (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सेना दिवस २०८१ को अवसरमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू आमनागरिकलाई जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित फोटो तथा बृहत् प्रदर्शनी २०८१ सम्पन्न भएको छ ।

माघ १५–१८ गतेसम्म जङ्गी अड्डा परिसरमा सञ्चालन भएको प्रदर्शनीमा सैनिक पोशाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालयहरू, राष्ट्रिय सेवा दल लगायतका गतिविधिहरू समेट्ने गरी कूल २९ वटा स्टलहरू राखिएका थिए ।

जनसमुदायका साथै विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको ४ दिने प्रदर्शनीको माघ १५ गते प्रधानसेनापति अशोक राज सिग्देलले उद्घाटन गरेका थिए । प्रदर्शनीको अन्तिम दिन शुक्रबार जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले प्रदर्शनीमा सहभागी युनिटलाई धन्यवादसहित प्रशंसापत्र प्रदान गरे ।

प्रदर्शनीबाट अवलोकनकर्तालाई नेपाली सेनाको विकासक्रम र हाल सम्पादन गरिरहेको विविध जिम्मेवारीबारे जानकारी प्राप्त भएको विश्वास लिइएको छ ।

DRM

DRM
DRM
DRM