सेनाका प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान

सेनाका प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले पदोन्नति भएका सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

२०८१ माघ २८ गतेको मितिबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपेशजंग शाहलाई सोमबार प्रधानसेनापति सिग्देलले जंगी अड्डामा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरे ।

पदोन्नतिसँगै उपरथी शाह प्रबन्धरथी विभागका विभागीय प्रमुखमा नियुक्त भएका छन् ।

प्रधानसेनापति सिग्देलले कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी दिवश राज रेग्मी र महासेनानी निर्जल अधिकारीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिह्न एवं महासेनानी दर्जामा पदोन्नति भएका ७ जना प्रमुख सेनानीलाई महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।