काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि कंगोमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।
यूएन शान्ति मिसनमा तैनाथ हुन जाने श्री चण्डीदल गण ३१औं डफ्फाको १६२ जना नेपाली शान्ति सैनिकहरूको छैठौं तथा अन्तिम टोली सेनानी रत्नबहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा फागुण १६ गते मिसन ईलाका प्रस्थान गरेको छ ।
हाल शान्ति मिसन कंगोमा नेपाली सेनाको एउटा गण, २ वटा गुल्मका साथै स्टाफ तथा सैनिक पर्यवेक्षकसहित १ हजार १४९ जना शान्ति सैनिकहरू कार्यरत छन् ।




प्रतिक्रिया