काठमाण्डु – विपद् व्यवस्थापन कार्यलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन विपद् व्यवस्थापनसँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकायको सहभागितामा ३ दिने केन्द्रीय स्तरको एकीकृत अभ्यास, अभ्यास हातेमालोको सातौं संस्करण जङ्गीअड्डामा आईतबार सुरु भएको छ ।
नेपाली सेनाको अगुवाइमा राष्ट्रियस्तरमा विपद् व्यवस्थापनका क्षेत्रमा भइरहेका गतिविधिको समीक्षा, प्रतिकार्य क्षमता अभिवृद्धि र सरोकारवाला निकायहरूबीच समन्वय तथा सहकार्यको क्षेत्रलाई प्रभावकारी बनाउने उद्देश्यले विक्रम संवत् २०७५ सालबाट वार्षिक रूपमा अभ्यास हातेमालो सञ्चालन हुँदै आइरहेको छ ।
युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेमध्वज अधिकारीले उद्घाटन गरेको कार्यक्रममा रथीवृन्द, विभिन्न मन्त्रालय लगायत सरकारी निकायका प्रतिनिधि, रेडक्रस तथा गैरसरकारी निकायका प्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिको सहभागिता थियो ।





प्रतिक्रिया