उपरथी जिसीलाई दर्ज्यानी चिह्न प्रदान, मध्यपूर्वी पृतनाको जिम्मेवारी

उपरथी जिसीलाई दर्ज्यानी चिह्न प्रदान, मध्यपूर्वी पृतनाको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका सहायक रथी कृष्णबहादुर जिसीलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

फागुन १२ गते उपरथी दर्जामा पदोन्नति भएका जिसीलाई सोमबार प्रधानसेनापति सिग्देलले जंगी अड्डामा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नतिसँगै उपरथी जिसी मध्यपूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् ।

यसैगरी, प्रधानसेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्द विक्रम शाहलाई महासेनानी दर्जाको दज्र्यानी चिह्न प्रदान गरे । कार्यक्रममा बलाधिकृत,रथीवृन्द,अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।