काठमाण्डु – नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मान बहादुर महरालाई मंगलबार प्रधानसेनापति महारथी अशोक राज सिग्देलले जंगी अड्डामा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
उपरथी महरा हाल संयुक्त राष्ट्रसंघको लेबनानस्थित यूएनआईएफआईएल मिसनमा डेपुटी फोर्स कमाण्डरको जिम्मेवारीमा कार्यरत छन् ।
प्रधानसेनापति सिग्देलले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मनोज थापा र महासेनानी अर्जुन बस्नेतलाई सहायक रथी दर्जा र प्रमुख सेनानी ब्रजेश महर्जनलाई महासेनानी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे ।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द तथा अधिकृतका परिवारको उपस्थिति थियो ।

प्रतिक्रिया