प्रधानसेनापति सिग्देलद्वारा सहायकरथी झा र राणालाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति सिग्देलद्वारा सहायकरथी झा र राणालाई दर्ज्यानी चिह्न प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलले प्राविधिकतर्फ महासेनानीबाट सहायकरथीमा बढुवा भएका धर्मेन्द्रकुमार झालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित समारोहमा प्रधानसेनापति सिग्देलले उनलाई बढुवा भएको पद सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्ले उनलाई गत असार ३० गते सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सेनाले सहायकरथी झालाई काठमाण्डु–तराई/मधेश द्रूतमार्ग आयोजना प्रमुखको जिम्मेवारी दिएको छ । यसअघि उनी गत चैत १२ देखि आयोजनाको जिम्मेवारीमा थिए ।

काठमाण्डु–तराई/मधेश द्रूतमार्गको असार मसान्तसम्म भौतिक प्रगति ४१ दशमलव ३७ प्रतिशत र वित्तीय प्रगति ४२ दशमलव ७४ प्रतिशत हासिल भएको छ ।

यस्तै, सहायकरथीमा बढुवा भएका दिवाकरविक्रम राणा र प्रमुख सेनानीबाट महासेनानीमा पदोन्नति भएका मोहित पौडेललाई पनि बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।