प्रधानसेनापति ट्रफी २०८२ प्रतियोगिता सुरु

प्रधानसेनापति ट्रफी २०८२ प्रतियोगिता सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति ट्रफी २०८२ खेलकुद प्रतियोगिताको मंगलबार उद्घाटन गरिएको छ ।

मंगलबार जङ्गीअड्डास्थित खेल मैदानमा प्रधानसेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ विक्रम संवत् २०६५ सालबाट प्रधानसेनापति ट्रफी प्रतियोगिताको सुरुवात भएको हो ।

उद्घाटन समारोहमा प्रधानसेनापति ट्रफीका लागि पृतना तथा बाहिनीका टीमहरूले मार्चपासका साथै विभिन्न खेल सम्बन्धी कला प्रस्तुत गरेका थिए ।

प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न महिला ८०० मिटर दौड तथा पुरुष १५०० मिटर दौडका विजेताहरूलाई प्रधानसेनापतिले पुरस्कार वितरण गरेका छन् ।  

प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेलहरू सञ्चालन हुनेछन् ।

समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, पूर्व प्रधानसेनापतिहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, विभिन्न खेलकुद संघका पदाधिकारीहरू, सैनिक श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरू, रक्षा मन्त्रालयका पदाधिकारीहरू, सैनिक सहचारीहरू एवं नेपाली सेनाका अधिकृत लगायत सञ्चारकर्मीको उपस्थिति थियो ।