प्रधानसेनापति सिग्देलद्वारा थापालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति सिग्देलद्वारा थापालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको उपरथी बढुवा भएका सहायक रथी भोलानाथ थापालाई प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

बुधबार प्रधानसेनापति सिग्देलले जंगी अड्डामा आयोजित समारोहकाबीच थापालाइ दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त भएका छन् ।

प्रधानसेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी विश्वबन्धु पहाडीलाई सहायक रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरे । गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।