प्रधानसेनापति सिग्देलद्वारा हेटौंडा र मकवानपुरस्थित सैन्य मुख्यालयहरूको निरीक्षण

प्रधानसेनापति सिग्देलद्वारा हेटौंडा र मकवानपुरस्थित सैन्य मुख्यालयहरूको निरीक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलले हेटौंडा र मकवानपुरस्थित नेपाली सेनाका मुख्यालयहरूको निरीक्षण भ्रमण गरेका छन् ।

उनले हेटौंडास्थित मध्य पृतना हेडक्वार्टरको निरीक्षण गर्दै पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

सो अवसरमा उनले सकलदर्जालाई सम्बोधन गर्दै आवश्यक निर्देशन समेत दिए ।

शनिबार सेनापति सिग्देलले मकवानपुरको चनवनस्थित श्री नम्बर ७ बाहिनी अड्डाको पनि निरीक्षण भ्रमण गरेका छन् ।

प्रधानसेनापतिको निरीक्षण भ्रमणले सैनिक संरचनागत कार्यसम्पादन, दायित्व र जिम्मेवारी निर्वाहमा थप सक्रियता ल्याउने अपेक्षा गरिएको छ ।