काठमाण्डु – नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डशिप–२०२५’ आईतबारबाट काठमाण्डुमा प्रारम्भ भएको छ ।
भदौ ३१ गतेसम्म सञ्चालन हुने अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सहकार्य, प्रतिआतंकवाद नियन्त्रण लगायतका विषयमा ज्ञान आदान–प्रदान हुने नेपाली सेनाले जनाएको छ ।
विक्रम संवत् २०७४ सालदेखि सुरु भएको ‘सगरमाथा फ्रेन्डशिप’ अभ्यास नेपाल र चीनमा हरेक वर्ष आलोपालो हुँदै आएको छ । यसपटकको अभ्यासले दुवै सेनाबीचको आपसी तालमेल र सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।
नेपाली सेनाले मित्र राष्ट्रहरूसँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास र पेसागत प्रतियोगितामा निरन्तर सहभागिता जनाउँदै आएको छ । सेनाको क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय स्तरमा पेशागत दक्षता विस्तारमा महत्वपूर्ण योगदान पुर्याइरहेको सेनाले जनाएको छ ।




प्रतिक्रिया