काठमाण्डु – बङ्गलादेशको मिरपुरस्थित डिफेन्स सर्भिसेस कमान्ड एण्ड स्टाफ कलेज (डीएससीएससी) मा सञ्चालित डिफेन्स सर्भिसेस कमान्ड एण्ड स्टाफ कोर्स (डीएससीएससी) २०२५ मा सहभागी शिक्षार्थीहरूले शुक्रबार भद्रकालीस्थित जङ्गी अड्डाको भ्रमण गरेका छन् ।
भ्रमणको क्रममा टोलीलाई नेपाली सेनाको संगठन, संरचना र गतिविधि सम्बन्धी जानकारी दिइएको छ ।
नेपालको ७ दिने अध्ययन भ्रमणका लागि भदौ २१ गते काठमाण्डु आएका ५२ सदस्यीय टोलीले काठमाण्डुका ऐतिहासिक तथा सांस्कृतिक स्थलहरूका साथै अन्य पर्यटकीय स्थानहरूको समेत अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
विभिन्न मित्रराष्ट्रमा सञ्चालन हुने यस्ता तालिमका शिक्षार्थीहरूले अध्ययन भ्रमण गर्ने परम्परा रही आएको छ । नेपाली सेनाका अनुसार यस्ता भ्रमणहरूले अनुभव आदानप्रदान, द्विपक्षीय सैनिक सम्बन्ध सुदृढीकरण र नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान गर्ने विश्वास लिइएको छ ।




प्रतिक्रिया