काठमाण्डु – नेपाली सेनाले देशभर जारी जेनजी आन्दोलनका घटनाक्रमलाई गम्भीरतापूर्वक विश्लेषण गरिरहेको जनाउँदै राष्ट्रिय सम्पत्तिको रक्षा गर्नु सबैको दायित्व भएको जनाएको छ ।
रक्षा मन्त्रालय अन्तर्गतको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले मंगलबार जारी गरेको अपिलमा आन्दोलनका क्रममा भएको जनधनको अपूरणीय क्षतिप्रति सेनाले गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्ति र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
घाइतेको शीघ्र स्वास्थ्य लाभको पनि कामना गर्दै सेनाले संयमित हुन पनि अपिल गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्ट्रिय एकताको रक्षा र नेपाली जनताको जिउधनको सुरक्षार्थ नेपाली सेना सदैव प्रतिबद्ध छ ।’
सेनाले विद्यमान संवेदनशील अवस्थालाई थप जटिल हुन नदिन संयम अपनाउन सम्पूर्ण युवायुवती र आमनागरिकलाई अनुरोध गरेको छ । ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु सबैको साझा दायित्व भएकाले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम राख्न पनि सेनाले आग्रह गरेको छ ।
यस्तो छ सेनाको अपिल –





प्रतिक्रिया