राष्ट्रका नाममा सम्बोधन गर्दै सेनापति सिग्देल

राष्ट्रका नाममा सम्बोधन गर्दै सेनापति सिग्देल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले केहीबेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।  

जेनजी प्रदर्शन चर्किरहेका बेला नेपाली सेनाका प्रधानसेनापतिले देशवासीका नाममा सम्बोधन गर्न लागेका छन् ।

यसअघि सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक हुतराज थापाले संयुक्त वक्तव्य जारी गरी जेनजी प्रदर्शनकारीलाई संयमित हुन आह्वान गरिसकेका छन् ।

सेनाले अपिल जारी गरी सार्वजनिक सम्पत्ति तोडफोड नगर्न पनि अनुरोध गरेको छ ।