सार्वजनिक सम्पत्तिको रक्षाका लागि राति १० बजेदेखि देशैभर सेना तैनाथ हुने घोषणा

सार्वजनिक सम्पत्तिको रक्षाका लागि राति १० बजेदेखि देशैभर सेना तैनाथ हुने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले हालको विषम परिस्थितिमा लुटपाट, आगजनी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने गतिविधि रोक्न सबैमा आग्रह गरेको छ ।

सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधि जारी रहेमा मंगलबार राति १० बजेदेखि सेनासहित सम्पूर्ण सुरक्षा निकायहरू स्थिति नियन्त्रणमा दृढतापूर्वक खटिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नेपाली सेनाले सर्वसाधारण नागरिक तथा राष्ट्रिय सम्पत्तिको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै भनेको छ, ‘यस किसिमका गतिविधिहरू नगर्न/नगराउन सम्पूर्ण राष्ट्रबासीमा हार्दिक अनुरोध गर्दछौं ।’

सेनाले सुरक्षाको अवस्थाको पुन:मूल्यांकन गरी आवश्यकताअनुसार थप सूचना जारी गर्ने जनाएको छ ।