प्रधानसेनापति सिग्देल भोलि चीन भ्रमणमा जान लागेको प्रचारबाजी ‘फेक’

प्रधानसेनापति सिग्देल भोलि चीन भ्रमणमा जान लागेको प्रचारबाजी ‘फेक’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सामाजिक सञ्जाल फेसबूकमा प्रचारबाजी भइरहेको नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भोलिदेखि चीन भ्रमणमा जान लागेको विषय भ्रामक रहेको पाइएको छ ।

फेसबूकतिर खटनपटन आदेश भन्दै राखिएको एक कागजी पानामा सेनापति सिग्देल चीन प्रस्थान गर्न लागेको कार्यतालिका देखिन्छ । तर नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले चीन भ्रमणको कुनै कार्यक्रम नरहेको जानकारी दिए । फेसबूकमा प्रचार भइरहेको त्यो विषय ‘फेक’ भएको उनले बताए ।

जेनजी पुस्ताको आन्दोलन चर्केर प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि हाल शान्तिसुरक्षा र वार्ताको समन्वय प्रधानसेनापति सिग्देलको नेतृत्वमा सेनाले गरिरहेको छ । जेनजीको मागअनुसार नयाँ सरकार गठन प्रक्रिया लम्बिँदै गइरहेका बेला प्रधानसेनापति सिग्देल चीन भ्रमणमा जान लागेको भ्रम फैलाइएको छ ।

यस्तो छ ‘फेक’ कागज