दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि दक्षिण सुडानको संयुक्त राष्ट्रसंघीय मिसनमा सहभागी भएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ ।

मंगलबार मिसनमा सहभागी श्रीनाथ गणको १४औं डफ्फाका शान्ति सेनालाई बदली गर्नको लागि नयाँ गोरख गणको १५औं डफ्फाका १७५ जना शान्ति सैनिकहरू मिसन इलाका प्रस्थान गरेका हुन् ।

मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका १७६ जना नेपाली शान्ति सैनिकहरू सोमबार स्वदेश फिर्ता भएका थिए ।

हाल मिसनमा नेपाली सेनाका १ हजार ७५७ जना शान्ति सैनिकहरू कार्यरत छन् ।