संयुक्त राष्ट्रसंघ दिवसमा पाँचखालमा सेनाको विशेष कार्यक्रम

संयुक्त राष्ट्रसंघ दिवसमा पाँचखालमा सेनाको विशेष कार्यक्रम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे – संयुक्त राष्ट्र संघ (यूएन) को ८०औं स्थापना दिवस बिहीबार श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष समारोहका साथ मनाइएको छ ।

कार्यक्रममा प्रधानसेनापति महारथी अशोक राज सिग्देल प्रमुख अतिथि थिए ।

कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, मित्रराष्ट्रका सैनिक सहचारी, सञ्चारकर्मी, रथीबृन्द, अधिकृत तथा अन्य दर्जाका सैनिकहरूको सहभागिता थियो ।

नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९५८ देखि शान्ति सैनिकहरू खटाउँदै आएको छ । हाल नेपाल शान्ति सैनिक पठाउने देशहरूमध्ये पहिलो स्थानमा रहेको छ भने महिला सैनिक पठाउने राष्ट्रको सूचीमा पनि अग्रस्थानमा छ ।

हाल संयुक्त राष्ट्र संघीय मिसनअन्तर्गत विश्वका १० वटा विभिन्न मिशनमा नेपाली सेनाका ५ हजार ८१९ जना शान्ति सैनिक कार्यरत छन् । विश्व शान्ति स्थापनाको क्रममा हालसम्म ७४ जना नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ७५ जना घाइते भएका छन् ।