सेनाको आयोजनामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुर्खेतमा सुरु

सेनाको आयोजनामा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुर्खेतमा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेपाली सेनाको उत्तर पश्चिम पृतनाको जिम्मेवारी क्षेत्रभित्रका जिल्लामा कार्यरत २४ सञ्चारकर्मीको सहभागितामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सोमबारदेखि सुर्खेतमा सुरु भएको छ ।

कार्यक्रम श्री उत्तर पश्चिम पृतना मुख्यालय सुर्खेतमा सोमबार उद्घाटन गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै पृतनापति उपरथी दिपेश जंग शाहले सहभागी सञ्चारकर्मीहरूलाई स्वागत गर्दै ४ दिने प्रशिक्षण सफल होस् भन्ने शुभकामना व्यक्त गरे । उनले नेपाली सेनाको गतिविधि, भूमिका र जिम्मेवारीबारे सन्तुलित र तथ्यपरक समाचार प्रस्तुतीकरणमा यस्तो कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।

४ दिनसम्म चल्ने कार्यक्रमका क्रममा नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी र मुख्य गतिविधिबारे जानकारीमूलक प्रस्तुतीकरण हुनेछ । विपद् व्यवस्थापन, प्रतिकार्य तथा अन्य समसामयिक विषयमा सेनाका विज्ञहरूसँग अन्तरक्रिया सत्र पनि हुने जनाइएको छ ।

पृतनाका अनुसार कार्यक्रमले सेना सम्बन्धी सूचनाको सही बुझाइ र सञ्चारकर्मी–सेना सम्बन्धलाई थप सुदृढ बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ ।