काठमाण्डु – नेपाली सेनामा पदोन्नति भएका सैन्य अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
प्रधानसेनापति अशोक राज सिग्देलले हालै पदोन्नति भएका ३ वरिष्ठ सैन्य अधिकृतहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
जङ्गीअड्डामा मंगलबार आयोजित विशेष समारोहबीच प्रधानसेनापति सिग्देलले उनीहरूलाई दर्ज्यानी चिह्नबाट सुशोभन गरेका छन् । सरकारको निर्णयअनुसार २०८२ पुस ३ गतेदेखि लागू हुने गरी सहायक रथीबाट उपरथी दर्जामा पदोन्नति भएका प्रकाशराज थापालाई प्रधान सेनापतिले दर्ज्यानी चिह्न प्रदान गरे ।
सोही अवसरमा प्रधान सेनापति सिग्देलले महासेनानीबाट सहायक रथी दर्जामा पदोन्नति भएका अन्य २ जना अधिकृतहरूलाई समेत दर्ज्यानी चिह्न प्रदान गरे । सैनिक सेवामा पुर्याएको योगदान र कार्यदक्षताको मूल्यांकन गर्दै सरकारले उनीहरूलाई माथिल्लो दर्जामा बढुवा गर्ने निर्णय गरिएको छ ।
दर्ज्यानी चिह्न सुशोभन कार्यक्रममा नेपाली सेनाका बलाध्यक्ष, रथीवृन्द तथा अन्य अधिकृतहरूको उपस्थिति रहेको थियो । समारोहमा पदोन्नति भएका अधिकृतहरूका परिवारजनलाई समेत आमन्त्रण गरिएको थियो ।




प्रतिक्रिया