प्रधानसेनापति थापा र बेलायती रक्षामन्त्रीबीच जंगीअड्डामा भेटवार्ता

प्रधानसेनापति थापा र बेलायती रक्षामन्त्रीबीच जंगीअड्डामा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा र बेलायती रक्षामन्त्री मार्क ल्यान्कास्टरबीच बिहीबार सैनिक मुख्यालय जंगीअड्डामा भेटवार्ता भएको छ।

भेटमा प्रधानसेनापति थापा र मन्त्री ल्यान्कास्टरबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

भेटका क्रममा मन्त्री ल्यान्कास्टरले प्रकृति संरक्षणमा नेपाली सेनाको भूमिका प्रशंसनीय रहेको भन्दै भविष्यमा सहकार्य समेत गरी अगाडी बढ्न सकिने धारणा राखेका थिए।