काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलले बिहीबार धनगढीस्थित सुदूरपश्चिम पृतना र सुर्खेतस्थित उत्तरपश्चिम पृतनाहरूको निरीक्षण भ्रमण गरेका छन् ।
निरीक्षण भ्रमणको दौरान प्रधानसेनापति सिग्देलले पृतनाहरूको जिम्मेवारी क्षेत्रमा आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिको सम्बन्धमा जानकारी लिनुका साथै प्राप्त जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिए ।
सो क्रममा प्रधानसेनापति सिग्देलले प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलका पदाधिकारीहरूसँग भेटघाट एवं अन्तरक्रिया समेत गरेका छन् ।




प्रतिक्रिया