सेनाका ९६ प्राविधिक उपसेनानीहरूलाई दर्ज्यानी चिह्न प्रदान

सेनाका ९६ प्राविधिक उपसेनानीहरूलाई दर्ज्यानी चिह्न प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाको प्राविधिक अधिकृत आधार तालिम सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीहरूलाई प्रधानसेनापति अशोकराज सिग्देलले जङ्गीअड्डामा आयोजित कार्यक्रमबिच दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक प्राड सेवा, सैनिक प्राविधिक सेवा, सैनिक हवाई सेवा र सैनिक विविध सेवातर्फका प्राविधिक अधिकृतहरूले नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा २०८२ मंसिर १६ गतेदेखि फागुण २५ गतेसम्म सञ्चालन भएको सि.सं. ३६ प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका थिए ।

समारोहमा बलाधिकृत, रथीवृन्द, अधिकृतहरूका साथै दर्ज्यानी चिह्न प्राप्त गर्ने अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।