काठमाण्डु – नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालन भएको सि.सं.१४ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको बलाधिकृत रथी प्रदीपजंग केसीले आईतबार शुभारम्भ गरेका छन् ।
नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा बलाधिकृतले तालिमबाट सहभागी अधिकृतहरूको पेशागत क्षमता, ज्ञान र आत्मविश्वासमा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
कुल ३५ जना महासेनानी दर्जाका अधिकृत शिक्षार्थीहरूको सहभागिता रहेको तालिम नेपालमा सञ्चालन हुने तालिमहरूमध्ये सबैभन्दा उच्चस्तरको तालिम हो । विक्रम संवत् २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको तालिमबाट हालसम्म जम्मा ३७५ जना अधिकृत प्रशिक्षित भएका छन् ।




प्रतिक्रिया