उपरथीमा बढुवा भएका काजीबहादुर बने राष्ट्रिय सुरक्षा परिषद्को सहसंयोजक

उपरथीमा बढुवा भएका काजीबहादुर बने राष्ट्रिय सुरक्षा परिषद्को सहसंयोजक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–.हालै उपरथीमा बढुवा भएका काजीबहादुर खत्रीले नयाँ जिम्मेवारी पाएका छन्।

सहायकरथी छँदा युद्धकार्य निर्देशनालय, बलाधिकृत विभाग (व्य.यु.) का निर्देशक रहेका खत्रीले राष्ट्रिय सुरक्षा परिषद्को सहसंयोजकको जिम्मेवारी पाएका हुन्।

उनलाई २८ फागुनको मन्त्रिपरिषद्को बैठकले उपरथीमा बढुवा गरेको थियो।

यसैबीच, उपरथी खत्रीलाई बिहीबार जङ्गीअड्डामा आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले दज्र्यानी चिह्न प्रदान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।