पृतनापति समन्वयात्मक बैठक शुरु, रक्षामन्त्रीले गरे सेनाको प्रशंसा

पृतनापति समन्वयात्मक बैठक शुरु, रक्षामन्त्रीले गरे सेनाको प्रशंसा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली सेनाको ‘पृतनापति समन्वयात्मक बैठक २०७५’ बुधबारबाट शुरु भएकोछ। दुई दिनसम्म सञ्चालन हुने बैठकको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे।

रक्षामन्त्री पोखरेलले नेपाली सेनाले आफ्नो स्थापना कालदेखि हालसम्म राष्ट्रिय सुरक्षामा पुर्याउँदै आएको योगदानको चर्चा गरे। नागरिक सेना सम्बन्धलाई थप प्रभावकारी बनाउन ठोस प्रकियाबाट जान सरकारको सधै सहयोग र सकारात्मक भूमिका हुने र राष्ट्रिय महत्वका गढी तथा किल्लाहरु लगाएत चुरे संरक्षणमा समेत नेपाली सेना प्रभावकारी ढंगबाट अगाडि बढ्ने उनले बताए।

रथी हेमन्त राज कुँवरले स्वागत गरेको समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्न सक्ने चुनौतीहरु एवम् सुझावहरुको सम्बन्धमा प्रस्तुतिकरण गर्ने कार्यक्रम छ।