लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि यूएन मिसन लेवनानमा तैनाथ सेनाको टोली अदलीबदली गरिएको छ ।

श्री सबुज गण (शान्ति सेना) ६६औँ डफ्फालाई बदली गर्नका लागि श्री बिष्णुदल गण (शान्ति सेना) ६७ औँ डफ्फाका ९१ जना नेपाली शान्ति सैनिकहरूको तेस्रो टोली मिसन इलाकातर्फ प्रस्थान गरेका छन् ।

मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका ९१ जना नेपाली शान्ति सैनिकहरू वैशाख २५ गते स्वदेश फिर्ता भएका छन् ।

हाल मिसनमा नेपाली सेनाका ५५४ जना शान्ति सैनिकहरू कार्यरत छन् ।