लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ६१ जना स्वदेश फिर्ता

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ६१ जना स्वदेश फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली भएको छ ।

‘युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिविया’मा कार्यरत नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौँ डफ्फालाई बदली गर्नका लागि गुरूबक्स गुल्म (शान्ति सेना) आठौँ डफ्फाको पहिलो टोली प्रस्थान गरेको छ ।

८औँ डफ्फाका ४२ जना नेपाली शान्ति सैनिकहरूको टोली बिहीबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

मिसनमा आफ्नो सफलतापूर्वक कार्यकाल सम्पन्न गरी नयाँ भैरवीदल गुल्म सातौँ डफ्फाका ६१ जना नेपाली शान्ति सैनिकहरूको टोली बिहीबारै स्वदेश फिर्ता भएको छ ।

हाल लिवियास्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपाली सेनाका २१३ जना शान्ति सैनिकहरू कार्यरत रहेका छन् ।