जंगीअड्डामा प्रतिरक्षा विश्विविद्यालयको सम्पर्क कार्यालय

जंगीअड्डामा प्रतिरक्षा विश्विविद्यालयको सम्पर्क कार्यालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं— नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको छ।

नेपालको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा नीति तथा रणनीति निर्माण गरी कार्यान्वयनको सुनिश्चितता गर्न जंगी अड्डामा सम्पर्क कार्यालय स्थापना गरिएको जनाइएको छ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गरी सो सम्बन्धी नीति निर्माणमा सघाउ पुर्याइ कार्यान्वयन गर्ने उद्देश्य यो विश्वविद्यालयको रहेको छ।

सरकारको नीति तथा कार्यक्रम तथा आर्थिक वर्ष २०७६÷७७ को बजेटमा समेत राष्ट्रिय प्रतिरक्षा महाविश्व विद्यालय स्थापना गर्ने रहेको छ।  प्रतिरक्षा महाविश्वविद्यालय तथा राष्ट्रिय युद्ध महा विद्यालय जस्ता उच्च प्राज्ञिक संस्थाहरु स्थापना गर्ने गरेको भन्दै सेनाले त्यही अनुरुप नेपालमा पनि स्थापना गर्न लागेको बताएको छ।

अन्य मुलुकमा समेत आफ्नो राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको सुदृढिकरणका लागि अध्ययन, अनुसन्धान र अध्यापन गराउन प्रतिरक्षा विश्वविद्यालय खोल्ने प्रचलन छ।