काठमाडौं— नेपाली सेनाले सुदूरपश्चिम प्रदेशमा सैनिक अस्पताल बनाउने भएकाे छ । सेनाले धनगढीस्थित नेपाली सेनाको बोराडाँडी ब्यारेक परिसरमा २५ शय्याको अस्पताल निर्माण कार्य अघि बढाइएको हाे।
नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेयका अनुसार सेनाको कल्याणकारी कोष र नेपाल सरकारको संयुक्त लगानीमा अस्पपताल सञ्चालन गर्न लागिएको हो। अस्पताल भवनको निर्माण प्रक्रिया सुरु भइसकेको र एक वर्षभित्र अस्पताल सञ्चालन गर्ने लक्ष्य रहेको छ।
अस्पताल २०७७ साल सेना दिवसका दिन औपचारिक रुपमा उद्घाटन गरिने छ। यो अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रियालगायत सेवा पनि उपलब्ध हुने प्रवक्ता पाण्डेले बताए।
अस्पतालले आकस्मिक कक्ष सबैका लागि तथा बहिरङ्ग र अन्य सेवा भने सैनिक र उनीहरूका परिवारका लागि उपलब्ध गराउने सेनाको तयारी छ।




प्रतिक्रिया