बझाङमा सेनाका जवानबाट कुटिए वृद्ध

बझाङमा सेनाका जवानबाट कुटिए वृद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – बझाङमा एक बृद्ध नेपाली सेनाका जवानबाट कुटिएका छन् । जिल्लाको खप्तड गाउँपालिका–६ स्थित पाटादेवलका डबल बहादुर खड्कालाई सेनाका जवान चक्र खड्काले मंगलबार राति निर्घात कुटपिट गरेका हुन् ।

सैनिक जवान खड्काको कुटपिटबाट बृद्ध खड्काको हात र खुट्टामा चोट लागेपछि काठमाडौंको बी एण्ड बी मा उपचार भैरहेको छ । धनकुटाको सल्लेरी व्यारेकमा कार्यरत सैनिक जवान खड्का दशैं मनाउन बिदामा घर गएका थिए । नेपाली काङग्रेसबाट निर्वाचित वडा वडा– नं.६ का अध्यक्ष तिलक खड्का,वडा सचिब दिपक ब खड्का र उनका भाई चक्र खड्काले कुटपिट गरेका थिए ।

जवान खड्काको कुटाईबाट अन्य तीन महिलासहित  त्रिभुवन खड्का र कैलाश खड्का समेत घाईते भएका छन् ।

घाईते डबल बहादुर खड्का