नेपाली सेनाले पोखरा र इटहरीमा अस्पताल सञ्चालन गर्ने

नेपाली सेनाले पोखरा र इटहरीमा अस्पताल सञ्चालन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले पोखरा र इटहरीमा पनि अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । सेनाले अहिलेसम्म नेपालगञ्जमा मात्रै अस्पताल सञ्चालनमा ल्याएको छ ।

सेनाले दुवै अस्पताल ५०/५० शैप्या रहने जनाएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पोखरा र इटहरीमा अस्पतालको भवन तयार भइसकेको जानकारी दिए । पाण्डेले भने, ‘सेना दिवसका दिनदेखि अस्पताल सञ्चालन गर्ने हाम्रो योजना हो ।’

अस्पतालमा स्त्रीरोग, बालरोग, फिजियोथेरापी, दन्त, सामान्य चिकित्सा, शल्यक्रिया लगायत सेवा पनि उपलब्ध हुनेछ । आकस्मिक कक्ष सबैका लागि तथा बहिरङ्ग र अन्य सेवा भने सैनिक र तिनका परिवारका लागि उपलब्ध गराइने सेनाले जनाएको छ ।

निश्चित दिन तोकेर गैरसैनिकका लागि पनि बहिरङ्ग सेवा उपलब्ध गराउने तयारी भइरहेको प्रवक्ता पाण्डेले बताए। अर्को आर्थिक वर्षदेखि धनगढी र बर्दिबासमा पनि अस्पताल निर्माणको काम सुरू हुने सेनाले जनाएको छ।

धनगढी र बर्दिबासमा भने २६/२६ शैय्याको अस्पताल बन्नेछ। काठमाडौंमा मेडिकल कलेजसहित छाउनीमा अस्पताल र नर्सिङ कलेजसमेत सेनाले सञ्चालन गरिरहेको छ ।