प्रधानसेनापतिको आतिथ्यमा सैनिक श्रीमती संघको कार्यक्रम सम्पन्‍न

प्रधानसेनापतिको आतिथ्यमा सैनिक श्रीमती संघको कार्यक्रम सम्पन्‍न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सैनिक श्रीमती संघद्वारा आयोजित कार्यक्रम सम्पन्‍न भएको छ । सैनिक श्रीमती संघको ३६ औं वार्षिकोत्सवको उपलक्ष्यमा मंसिर १ गते आयोजना गरिएको उक्त कार्यक्रमको अवसरमा सेवा सुमन ३६ औं अंक पुस्तकको बिमोचन तथा उक्त पुस्तकको उत्कृष्ट लेख रचना एवं सहयोगीहरुलाई प्रशंसा पत्र र पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा संघकी अध्यक्ष दीपा थापाबाट स्वागत मन्तव्य राख्‍नुका साथै संघको आगामी कार्य योजना प्रस्तुत गरिएको थियो । कार्यक्रमको अन्त्यमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कार्यक्रममा संघका पदाधिकारीहरु, रथीवृन्द, अधिकृत पाहुनालगायत सकलदर्जाको समेत उपस्थिति रहेको थियो ।

सैनिक व्यक्तिका परिवारहरुको शैक्षिक, सामाजिक, आर्थिक सशक्तिकरण, मानवीय सेवा लगायत समग्र विकासका कार्यहरु सञ्‍चालन गर्ने उद्देश्यका साथ सैनिक श्रीमती संघको स्थापना भएको सेनाले बताएको छ ।

साथै उक्त संघले मुनाफा रहित जनहितकारी सामाजिक कार्यहरु जस्तै रक्तदान, वृक्षारोपण, पर्यावरणको सुरक्षा, प्राकृतिक प्रकोप वा अन्य संकटको बेलामा उद्दार तथा राहत वितरण कार्य तथा समाजिक विकृतिहरु उन्मूलन गर्ने जस्ता कार्यहरु समेत गर्दै आइरहेको छ ।