अन्नपूर्णमा बेपत्ता खोज्न गएको सेनाको टोली फर्कियो

अन्नपूर्णमा बेपत्ता खोज्न गएको सेनाको टोली फर्कियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – अन्नपूर्ण पदमार्ग (एबीसी) क्षेत्रमा हराइरहेका सात जनाको खोजीमा गएको नेपाली सेनाको उद्धार टोली फर्किएको छ ।

बाक्लो हिउँ र धेरै चिसोका कारण उद्धारकर्ताहरु नै जोखिममा परेपछि तत्कालका लागि उद्धार कार्य स्थगित गरेर टोली फर्किएको हो ।

अन्नपूर्ण आधारशिविर नजिकैको हेङ्कु क्षेत्रमा गएको शुक्रबार हिमपहिरो जाँदा चार जना कोरियन र तीन जना नेपाली हराइरहेका छन् । उनीहरुको खोजीका लागि उच्च प्रविधिसहितको कोरियाली र तालिम प्राप्त कुकुरसहित नेपाली सेनाको टोली खटिएको थियो ।

कोरियालीसँग रहेको ‘मेटल डिटेक्टर’ उपकरणले हिउँभित्र केही वस्तु रहेको सङ्केत दिए पनि हिउँ र चिसोका कारण खोजी गर्न नसकिएको ट्रेकिङ एजेन्सिज् एसोसियशन अफ् नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

उद्धारकर्तालाई समस्या पर्ने भन्दै बिहीबार पर्यटन विभागले विज्ञप्ति निकालेर हिउँ पग्लने बेलासम्मको लागि उद्धार कार्य स्थगित गर्न आग्रह गरेको थियो ।