एजेन्सी – शौर्य चक्र विजेता ३९ वर्षीय एक भारतीय सैन्य अधिकारीका आमा–बुवालाई छोराको अन्तिम संस्कार गर्नका लागि सडक मार्गबाट अमृतसरदेखि बैंगलरुको बीच २६०० किलोमीटर भन्दा बढी दुरी पार गर्नु परेको छ । यो विषयलाई लिएर कयौं पूर्व सैन्य अधिकारीले आक्रोश व्यक्त गरेका छन् ।
भारतीय सेनाको एलीट–२ प्यारा यूनिटको कमान सम्हालेका विशेष बलका आधिकारी कर्नेल एनएस बललाई दुर्लभ क्यान्सर भएको थियो ।
उनको शुक्रबार निधन भएको थियो । यसको एक दिन पहिले उनले एक सेल्फी पोस्ट गरेका थिए । जसमा उनी बैंगलोरको एक अस्पतालको शैयामा मुस्कुराइरहेको देखिएको थियो ।
देशकै तेस्रो ठूलो वीरता पुरस्कार शौर्य चक्रका विजेत कर्नेल एनएस बल एक कुशल नेताको रुपमा मानिदै आएका थिए । कर्नेलको निधनको समयमा उनका बुवा–आमा अमृतसरमा थिए । कोरोनाभाइरसको प्रसार रोक्नका लागि राष्ट्रव्यापी लकडाउन रहेको छ ।
यसैबीच उनीहरुलाई सर्भिस एयरक्राफ्टबाट बैंगलोर जाने अनुमती दिइएको थिएन । कोरोनाभाइरसको खतरालाई मध्यनजर गर्दै केन्द्र सरकारले २५ माचैदेखि २१ दिने देशव्यापी लकडाउन गर्दै आएको छ ।
सेनाको सुत्रका अनुसार कर्नेलको शव सेनाको विमानबाट घर पठाइदै थियो । तर उनका माता–पिता बैंगलोरमै उनको अन्तिम संस्कार गर्न चाहन्थे । उनीहरुले सडक मार्गबाट उनको अन्तिम संस्कारमा सामेल हुनका लागि लगभग १६०० किलोमीटरको दूरी तय गरेका थिए ।




प्रतिक्रिया