प्रधान सेनापति र बेलायतका राजदूतबीच भेटघाट

प्रधान सेनापति र बेलायतका राजदूतबीच भेटघाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटघाटमा २ पक्षीय हित तथा पारस्परिक सम्बन्धका साथै प्रधानसेनापतिको आसन्न बेलायत भ्रमणका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्यका चिफ अफ जनरल स्टाफको औपचारिक निमन्त्रणामा असोज २१ गतेदेखि २६ गतेसम्म ६ दिवसीय भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।