काठमाडौं – नेपाली सेनाले २४ जना प्रमुख सेनानीलाई महासेनानी र ६६ जना सेनानीलाई प्रमुख सेनानीमा बढुवा सिफारीस गरेको छ । सैनिक सचिव सहायकरथी विनय विक्रम राणाले रिक्त पदमा पदोन्नती सिफारीस गरेको हुंदा जानकारीका लागी ७ दिने सुचना प्रकाशित गरेका हुन् । सेनाले बढुवाको लागी बलाध्यक्षरथी गौरव तण्डुलको अध्यक्षतामा बोर्ड गठन गरेको थियो । उक्त बोर्डमा उपरथीहरु सिताराम खड्का, गोकुल भण्डारी सदस्य र सुर्वण शाह सदस्य सचिव रहेका थिए ।
महासेनानीमा बढुवा सिफारीस हुनेमा प्रमुख सेनानीहरु चुलेन्द्र बहादुर थापा,सुरुज गुरुंग, युवराज कार्की र अनुप अधिकारीलगायत छन् । महासेनानी र प्रमुख सेनानीमा बढुवा सिफारीस भएकाहरुलाई २०७७ सालमा रिक्त हुन आउने पदअनुसार बढुवा गर्ने सेनाको तयारी छ ।
सैनिक सेवा नियमावली २०६९ को संसोधित नियम ४४ को १ मा बढुवा समितिको सिफारीस चित्त नबुझेमा सैनिक अधिकारीले बढुवा निर्णय भएको मितिले सात दिन भित्र आफु बढुवामा समावेश हुनुपर्ने स्पष्ट आधारसहितको निवेदन सैनिक सचिव विभागमा दिन सक्ने अधिकार छ ।
यस्तो छ बढुवाको सुची-








प्रतिक्रिया