सेनाका २३ जना प्रमुख सेनानी महासेनानीमा बढुवा(सुचीसहित)


काठमाण्डु– नेपाली सेनाका २३ जना प्रमुख सेनानीहरु महासेनानीमा बढुवा सिफारीस भएका छन् । सेनाले बढुवा सिफारीस गरेका प्रमुख सेनानीहरुमा योग्यताक्रम उप–समुहबाट समुहबाट सुवास केसी र झलेन्द्र भट्टराई रहेका छन् । केसी र भट्टराई ३९ बेसिकका अधिकृतहरु हुन ।

उनिहरुसंगै बढुवा भएका अन्य अधिकृतहरु भने ३२ देखी ३६ बेसिकका अधिकृत हुन् । ७ ब्याच जुनियर केसी र भट्टराईलाई बढुवामा अघि ल्याइएको सेनाभित्र असन्तुष्टि छन् । भट्टराई माधव नेपाल प्रधानमन्त्री हुंदा उनको सुरक्षामा खटिएका थिए । उनि नेपालका आफन्त समेत हुन । भिभिआईपी सेक्युरिटीको तालिम विना नै उनलाई सुरक्षामा खटाइएको भन्दै त्यतिवेला सेनाको आलोचना समेत भएको थियो । सेनाको महासेनानीमा बढुवाका लागी गठन गरिएको बोर्डको अध्यक्ष भने गोकुल भण्डारी थिए ।

महासेनानीमा बढुवाका लागी प्रमुख सेनानीहरु पुर्ण ढकाल, भुमिभक्त बराल,सन्तोष कार्की,अन्जर केशर खत्री,अशोक बहादुर चन्द,अनुप शाह,विक्रम गुरुंग,मिलन तुलाचन,उज्वोल राणा,पर्वराज गिरी,मुनाल बस्नेत,विजय केसी र विजय केसी रहेका छन् ।

त्यसैगरी भिमशंकर वन,उज्जल थापा,प्रकाश लामिछाने,शरद लामिछाने,भेष बहादुर केसी,संजित श्रेष्ठ, विनोद चन्द, सुधिरप्रताप सिंह,हरिश बहादुर बम र सुमन खड्का पनि महासेनानी बढुका लागी सिफारीस भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement