प्रधानसेनापति थापाद्धारा उपरथी पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति थापाद्धारा उपरथी पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति पूर्णचण्द्र थापाले उपरथी विज्ञानदेव पाण्डेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रधानसेनापति थापाले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच आज उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल सरकारको साउन २६ गते बसेको मन्त्रीपरिषद बैठकले सहायक रथी पाण्डेलाई उपरथी दर्जामा पदोनन्ती गरेको थियो ।

उपरथी दर्जामा पदोन्नती भएका पाण्डेलाई उत्तर पश्चिम पृतना हे.क्वा.को पृतनापतिको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।