बंगलादेशका सेना प्रमुखले भेटे राष्ट्रपति र प्रधानमन्त्री


कठमाडौं – नेपाल भ्रमणमा रहेका बंगलादेशका सेनाप्रमुख अजिज अहमदले राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा माघ २४ गते नेपाल आएका सेना प्रमुख अहमदले आज राष्ट्रपति भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

सेनाप्रमुख अहमदले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

भ्रमणकै क्रममा उनले आज पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण समेत गरेका थिए । पाँच दिने औपचारिक भ्रमण पुरा गरी उनी भोली स्वदेश फर्कने कार्यक्रम रेहको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement