प्रधानसेनापति शर्मा र ईजरायली राजदूतबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र ईजरायली राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि ईजरायलका राजदुत हानान गोडर गोल्डबर्गरबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि ईजरायलका राजदुत हानान गोडर गोल्डबर्गर बीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यस किसिमको भेटघाटले दुई देशबीच रहेको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वािस नेपाली सेनाले लिएको छ ।