काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गरेका छन् ।
सोमबारदेखि असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औँ इन्डो-प्यासिफिक आर्मिज चिफ (आईपीएसीसी) मा सहभागी हुन प्रधानसेनापित त्यसतर्फ प्रस्थान गरेका हुन् । उनलाई बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेका थिए।
बिदाइ गर्न सेनाका रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारी लगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो। भारत प्रस्थान गर्नुअघि प्रधानसेनापतिलाई जंगी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नेछन्। भ्रमण कार्यक्रम सकेर प्रधानसेनापति शर्मा असोज ११ गते नेपाल फर्किनेछन्।





प्रतिक्रिया