काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा लामो समय क्रियाशिल भई रथीको जिम्मेवारीबाट सेवा निवृत्त छत्रबहादुर थापाको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्ने बताएका छन् ।
छत्रबहादुर थापा स्मृति ट्रष्टले आज आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सेवा, राष्ट्र निर्माणमा पुर्याएकाे योगदान, सैनिक सेवामा रहँदा दोस्रो विश्व युद्धकालमा देखाएको साहसता एवं कार्यकुशलतालाई भुल्न नहुने बताए ।
कार्यक्रममा प्रधानसेनापति शर्माले भने, “राष्ट्र निर्माण र समाजसेवामा पुर्याएकाे योगदानलाई चिरस्थायी राख्न ट्रष्टको ठूलो भूमिका छ, राष्ट्रप्रति अमूल्य योगदानको कदर हुनुका साथै ट्रष्टबाट आयोजित सम्मानबाट सबैलाई हौसला प्रदान गर्नेमा दुई मत छैन ।”




प्रतिक्रिया