भावी प्रधानसेनापतिको टुंगो लाग्यो : कामु प्रधानसेनापतिमा सिग्देलको नाम सिफारिस

भावी प्रधानसेनापतिको टुंगो लाग्यो : कामु प्रधानसेनापतिमा सिग्देलको नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कामु प्रधानसेनापति नियुक्तिका लागि सिफारिस गरेका छन् । शर्माले आइतबार कामु प्रधानसेनापतिका लागि सिफारिस गरेका हुन् । सेनापति शर्माले निर्णय गर्नुअघि गत बिहिबार सिग्देललाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गर्न बालुवाटार पुगेका थिए ।

प्रधानसेनापतिको निर्णय आजै रक्षामन्त्रालय हुँदै साँझ ५ बजे बस्ने मन्त्रिपरिषदको बैठकबाटै पारित गर्ने तयारी छ । आजको मन्त्रिपरिषद् बैठकले साउन २४ गतेपछि लागु हुने गरी सिग्देललाई कामु प्रधानसेनापति बनाउने निर्णय गर्न लागेको सैनिक स्रोतले जानकारी दियो ।

हालका प्रधानसेनापति शर्मा आगामी भदौ २४ मा सैनिक सेवाबाट अनिवार्य अवकाश पाउंदैछन् । सेनाको परम्पराअनुसार प्रधानसेनातिबाट अवकाश पाउनु एक महिनाअघि साउन २४ बाट उनी बिदामा बस्दैछन् ।

सेनाको एक नम्बरमा रहेका बलाधिकृतरथी सिग्देलले अहिले बलाध्यक्षको समेत जिम्मेवारी सम्हालिरहेका छन् । सिग्देलले अहिले आफ्नो कोर टिम बनाएर भावी नेतृत्वको रुपमा सैनिक मुख्यालयमा काम सुरु गरिसकेका छन् । प्रधानसेनापति शर्माले समेत उनलाई महत्वपूर्ण जाहेरी र कामहरु हस्तान्तरण गरिसकेका छन् । सेनामा वरियतामा रहेका रथीलाई प्रधानसेनापति बनाउने प्रचलन छ ।