काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणहरुको सुरक्षामा खटिएका सैनिकहरुलाई पदक प्रदान गरेका छन् ।
मंगलबार जंगी अड्डामा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले एकजना उपरथी, १२ जना अधिकृत, दुईजना पदिक र अन्य दुईजनालाई प्रकृति संरक्षण पदक प्रदान गरेका हुन् ।
प्रकृति संरक्षणमा खटिनेहरुलाई कदर गर्न मन्त्रिपरिषद्ले २०७५ जेठ ३ मा प्रकृति संरक्षण पदक प्रदान गर्ने निर्णय गरेको थियो । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार हालसम्म १६ हजार २३६ सैनिकले सो पदक पाएका छन् ।
यसवर्ष २८ सय ८७ जनालाई पदक प्रदान गर्ने घोषणा भएको थियो । प्रकृति संरक्षणमा परिचालित भएर हालसम्म ११६ जना सैनिकले ज्यान गुमाएका छन् ।




प्रतिक्रिया