काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच शिष्टाचार भेटवार्ता भएको छ । बुधबार प्रधानसेनापति प्रभुराम शर्मा र राजदूत सैयद हैदर शाहबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएकाे हाे ।
प्रधानसेनापति शर्माको कार्यालयमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।




प्रतिक्रिया