प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति  शर्मा र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच जङ्गी अड्‍डामा शिष्टाचार भेटघाट भएको हो ।

प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास सेनाले लिएको छ ।