प्रधानसेनापतिले भने : संविधानविरोधी र विखण्डनकारीका गतिविधि नियालिरहेका छौं

प्रधानसेनापतिले भने : संविधानविरोधी र विखण्डनकारीका गतिविधि नियालिरहेका छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले विखण्डनवादी संविधान विरोधीहरुलाई नेपाली सेनाले सुक्ष्म अध्ययन गरिरहेको बताएका छन् ।

बिहीबार आर्मी अफिसर्स क्लब भद्रकालीमा दशैंको शुभकामना तथा आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने संविधानले सुम्पेको जिम्मेवारी पूरा गरी राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको परम कर्तव्य भएको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई आग्रह गरे।

त्यस अवसरमा प्रधानसेनापति थापाले राष्ट्र निर्माण र विपद् व्यवस्थापनमा नेपाली सेनाले खेल्दै आएको भूमिका आगामी दिनमा अझै विश्वसनीय बनाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे। सेनाले संविधानद्वारा निर्दे्शित दायित्व मात्रै निर्वाह गर्ने उल्लेख गर्दै थापाले त्यही अनुसार सेनालाई उभ्याउने बताए । पछिल्लो समय सेनाभित्र भ्रष्टाचार मौलाएको विषयबारे राखिएको जिज्ञासामा थापाले केही पक्षमा सुधार आवश्यक रहेको जवाफ पनि दिए ।

‘सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि संयन्त्र छ । केही पक्षमा सुधार पनि गर्नुछ । तर, सेनाको एक्लो प्रयासले मात्रै त्यो सम्भव छैन’, उनले भने, ‘यो एकैदिनमा हट्ने कुरा पनि होइन । जरादेखि नै उपचार गर्नुपर्छ ।’ प्रधानसेनापति थापाले गुण, दोष र कार्यक्षमताको आधारमा नेपाली सेनाका कर्मचारीहरुलाई अवसर दिने प्रणालीको विकास स्थापित गराउन आफूले काम सुरु गरेको पनि जानकारी दिए।